नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२५/२६ को वार्षिक आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो १६ अर्ब १९ करोड हो।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

सन् २०२६ को जुलाई मध्यमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ। एक वर्षअघि यो २.२० प्रतिशत थियो। वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.०८ प्रतिशत रहेको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

कुल विदेशी मुद्रा सञ्चिति ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो २५ अर्ब ३१ करोड हो।

वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड र आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ भएको छ।

शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

स्रोत: ShareSansar (नेपाल राष्ट्र बैंकको प्रतिवेदन)